Online Nepal
  • शुक्रबार, ७ मंसिर २०८१
  • उद्योग मन्त्रालयमा तमासा, पीएले गर्दा मन्त्री बदनाम

    उद्योग मन्त्रालयमा तमासा, पीएले गर्दा मन्त्री बदनाम

    अनलाइन नेपाल
  • सोमबार, ३१ बैशाख २०८१
  • 1.4K
    SHARES

    काठमाडौं । उद्योग, बाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले नेतृत्व गरेको मन्त्रालयको कार्यप्रगति आर्थिक वर्षको अन्त्य हुन लाग्दा ३० प्रतिशत पनि कटेको छैन ।

    मन्त्री र सचिव कृष्णबहादुर राउतको ध्यान भने कर्मचारी सरुवा र काज मिलानमै केन्द्रित हुन थालेको छ ।



    मन्त्री भण्डारीका निजी सचिवका रुपमा रहेका विवेक घिमिरेको प्रत्यक्ष दबावमा सचिव राउतले वैशाख २७ गते बिहीबारभित्र लघु घरेलु तथा साना उद्योग प्रवर्द्धन केन्द्रका प्रमुख सहसचिव दीपक घिमिरेलाई मन्त्रालयमा हाजिर हुन फर्मान जारी गरे ।



    सचिवस्तरीय निर्णयको हवाला दिएर कर्मचारी प्रशासन शाखाका कर्मचारीले गएको बुधबार केन्द्रको कार्यालय समय सकिनु अगाडि पत्र दर्ता गराएका थिए । घिमिरेको मात्रै होइन, वरिष्ठ कर्मचारी अमित आचार्यलाई पनि तुरुन्त मन्त्रालयमा हाजिर हुन पत्र काटिएको छ ।

    कनिष्ट उपसचिव विष्णु भट्टराईलाई निमित्त प्रमुखको जिम्मेवारी दिनका लागि निजी सचिव घिमिरेको संलग्नतामा यस्तो हत्कण्डा अपनाइएको हो । घिमिरेलाई केन्द्रमै दरबन्दी राखी मन्त्रालयमा काज तानिएको छ भने आचार्यको पनि दरबन्दी केन्द्रमै रहेको छ ।

    उद्यम विकास र स्वरोजगारमूलक तालिमको मुख्य जिम्मेवारी पूरा गर्दै आएको केन्द्रको यो भद्रगोल अवस्थाले गर्दा कार्यक्रमहरु अलपत्र परेका छन् ।

    निमित्त दिएको भनिएका भट्टराईको दैनिक काम मन्त्रालयमा गएर सचिव, मन्त्री र निजी सचिवको चाकडी गर्ने र सहसचिव घिमिरे र वरिष्ठ उपसचिव आचार्यको तेजोबध गर्नका लागि अनावश्यक कुरा लगाउनु रहेको छ ।

    डायरी बोकेर प्रत्येक दिन बिहान र बेलुका मन्त्रालय पुग्ने भट्टराईकै आग्रहमा सचिव राउतले आइतबार शाखा अधिकृतको नेतृत्वमा केन्द्रमा छड्के टोली पठाएका थिए ।

    केन्द्रको काम कारबाहीलाई लिएर होइन कि सहसचिव घिमिरेले केन्द्रमा हाजिर गरेका छन् कि छैनन्, काजमा फिर्ता बोलाइएका आचार्य कार्यकक्षमा छन् कि छैनन् भनेर चियोचर्चो गर्न राज्यको जनशक्ति परिचालन गरिएको छ ।

    मन्त्रालयले लिएको नीतिकै कारण कार्यालय अस्तव्यस्त हुन पुगेपछि केन्द्रका कर्मचारीहरु पनि निराश बन्न पुगेका छन् ।

    आइतबार अधिकृतको नेतृत्वमा गएको टोलीमा एक कम्प्युटर अधिकृत पनि साथमा थिए । जसले हाजिरी मुचुल्का उठाएर सचिव राउत र निजी सचिव घिमिरेलाई रिपोर्टिङ गरेका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार