Online Nepal
  • मंगलबार, ११ मंसिर २०८१
  • भारतीय लोकसभा निर्वाचन : आज १० राज्यका ९६ सिटका लागि मतदान हुँदै

    भारतीय लोकसभा निर्वाचन : आज १० राज्यका ९६ सिटका लागि मतदान हुँदै

    अनलाइन नेपाल
  • सोमबार, ३१ बैशाख २०८१
  • 405
    SHARES

    काठमाडौं । भारत लोकसभाको निर्वाचन अन्तर्गत सोमबार चौथो चरणको मतदान हुँदैछ। चौथो चरणमा आज १० राज्यका ९६ सिटका लागि मतदान हुन लागेको हो।

    आज भारतको आंध्र प्रदेश, बिहार, झारखण्ड, मध्य प्रदेश, महाराष्ट्र, ओडिशा, तेलंगाना, उत्तर प्रदेश, पश्चिम बंगाल, जम्मू कश्मिरका ९६ सिटमा मतदान हुन लागेको हो ।



    सोमबार आंध्र प्रदेशका २५, बिहारका ५, झरखण्डका ४, मध्य प्रदेशका ८, महाराष्ट्रका ११, ओडिसाका ४, तेलंगानाका १७, उत्तर प्रदेशका १३, पश्चिम बंगलका ८, जम्मू–कश्मिरका १ सिटमा मतदान हुन लागेको हो



    पाँचौ चरणको मतदान मे २० तारिखमा हुनेछ। पाँचौ चरणमा ८ राज्यको ४९ सिटका लागि मतदान हुनेछ।

    छैठौं चरणमा ७ राज्यका ५७ सिटका लागि मे २५ तारिखमा मतदान हुनेछ। बिहार, हरियाणा, झारखंड, ओडिशा, उत्तर प्रदेश, पश्चिम बंगाल र दिल्लीका ५७ सिटका लागि छैठौं चरणमा मतदान हुनेछ।

    अन्तिम तथा सातौं चरणको मतदान जुन १ मा सम्पन्न हुनेछ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार