Online Nepal
  • बुधबार, १६ असोज २०८१
  • मधेस सरकारबाट बाहिरिने एमाले र माओवादीको तयारी

    मधेस सरकारबाट बाहिरिने एमाले र माओवादीको तयारी

    अनलाइन नेपाल
  • आइतबार, ३० बैशाख २०८१
  • 573
    SHARES

    जनकपुर । मधेस प्रदेश सरकारबाट नेकपा एमाले र माओवादी केन्द्रले बाहिरिने तयारी थालेका छन् ।

    दुई पार्टीले आइतबार नै मधेश सरकार छाड्ने तयारी थालेका हुन् । मधेशमा जनता समाजवादी पार्टी नेपालका नेता सरोजकुमार यादव मुख्यमन्त्री छन् ।



    उनी नेतृत्वको मन्त्रिपरिषदमा नेकपा एमाले, नेकपा माओवादी केन्द्र र एकीकृत समाजवादी छन् ।



    नेपाली कांग्रेस, जनमत पार्टी र लोकतान्त्रिक समाजवादी पार्टी भने सरकार बाहिर छन् ।

    १०७ सदस्यीय मधेश प्रदेशसभामा एमालेका २३, माओवादीका ९, लोसपाका ८, जनमतका १३, एकीकृत समाजवादीका ७ जना सांसद छन् ।

    यो संख्या नयाँ सरकार गठनका लागि आवश्यक बहुमत हो ।

    उपेन्द्र यादव नेतृत्वको जसपा, नेपाल विभाजन भएर अशोक राईको नेतृत्वमा जनता समाजवादी पार्टी गठन भएपछि मधेस प्रदेश सरकारबाट एमाले र माओवादी बाहिरिन लागेका हुन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार