Online Nepal
  • बिहिबार, १७ असोज २०८१
  • विकल पौडेललाई १० दिन थुनामा राख्न विशेष अदालतको अनुमति

    विकल पौडेललाई १० दिन थुनामा राख्न विशेष अदालतको अनुमति

    अनलाइन नेपाल
  • आइतबार, ३० बैशाख २०८१
  • 456
    SHARES

    काठमाडौं । सुरक्षण मुद्रण केन्द्रका तत्कालीन कार्यकारी निर्देशक विकल पौडेललाई थप १० दिन थुनामा राख्न अदालतले अनुमति दिएको छ।

    विशेष अदालत काठमाडौंले आइतबार गैरकानुनी सम्पत्ति आर्जनको मुद्दामा अनुसन्धानका लागि १० दिनको म्याद दिएको हो । विकल अब थप १० दिन अख्तियारको हिरासतमा रहने भएका छन् ।



    विकल विरुद्ध एउटा मुद्दा विशेष अदालतमै विचाराधीन रहेको छ भने दोस्रो मुद्दाको तयारी अन्तिम चरणमा अख्तियार रहेको छ। यसअघि नै अख्तियारले उनी विरुद्ध आफ्नो ओहोदा ढाँटेर सार्वजनिक पद लिएको आरोपमा भ्रष्टाचार मुद्दा दायर गरिसकेको छ ।



    अमेरिकाको पीआर लिइसकेपछि नेपालको सुरक्षण मुद्रण केन्द्रको कार्यकारी निर्देशक बनेको भन्दै अख्तियारले भ्रष्टाचार मुद्दा दायर गरेको छ। विकलमाथि सेक्युरिटी प्रिन्टिङ प्रेस खरिदमा अनियमितता र सुनिलमाथि पेमेन्ट गेट–वे अनियमिततामा मुद्दा चलेको छ ।

    दुवै जनाले नेपाल राष्ट्र बैंकको स्वीकृतिबेगर विदेशी बैंकमा खाता खोली रकम जम्मा गरेको, नेपालको सरकारी सेवामा कार्यरत रहँदाकै अवस्थामा अन्तर्राष्ट्रिय परामर्शदाताको पदमा औपचारिक रूपमा नियुक्ति लिएको भेटिएको अख्तियारको दाबी छ।

    विकलको हकमा निजले संयुक्त राज्य अमेरिकाको स्थायी आवासीय अनुमतिसमेत लिएको देखिएको र उनीहरूले कसुरसम्बद्ध प्रमाण नष्ट गर्न सक्ने र भागी जाने सम्भावना भएको भन्दै पक्राउ पुर्जी दिई अख्तियारले हिरासतमा लिएको थियो।

    अख्तियारले सुनिलविरुद्ध २३ करोड २७ लाख ५८ हजार ७७ रुपैयाँ बिगो र १३ वर्ष कैद मागदाबीसहित विशेष अदालतमा मुद्दा दायर गरेको छ।

    त्यस्तै सेक्युरिटी प्रेसका लागि आवश्यक विद्युतीय पूर्वाधार खरिदमा झन्डै ७० करोड भ्रष्टाचार भएको भन्दै अख्तियारले विकल पौडेलविरुद्ध बिगो ६९ करोड ८ लाख ८१ हजार रुपैयाँ बिगो र तीन वर्ष कैद सजायको मागदाबी गरेको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार