एजेन्सी । भारतीय सत्तारूढ दल जनता पार्टी (बीजेपी) ले कश्मीरमा चुनाव नलड्ने निर्णय गरेको छ ।
भारत प्रशासित कश्मीरको विशेष मान्यता अन्त्य गरेको चार वर्षभन्दा बढी समयपछि पहिलो पटक हुन लागेको आम चुनावमा सत्तारूढ दलले प्रतिस्पर्धा नगर्ने भएको हो ।
कश्मीरमा यही मे २० अर्थात जेठ ७ गते चुनाव हुँदैछ ।
सन् १९९६ पछि बीजेपी कश्मीरमा चुनाव नलडेको यो पहिलो पटक हो । कश्मीर र भारतीय संघ सरकारबीचको सम्बन्ध दशकौँदेखि तनावपूर्ण छ ।
Leave a Reply