एजेन्सी । फ्रान्सका स्ट्राइकर किलियन एमबाप्पेले सिजनको अन्त्यमा पेरिस सेन्ट जर्मेन (पीएसजी) छाड्ने घोषणा गरेका छन् ।
एमबाप्पेले सामाजिक सञ्जालमा भिडियोमार्फत सो घोषणा गरेका हुन् ।
‘मैले सधैँ भनेको समय आएपछि म तपाईंसँग कुरा गर्छु भन्दै आएको थिएँ । पेरिस सेन्ट(जर्मेनमा यो मेरो अन्तिम वर्ष हो। म करार विस्तार गर्दिनँ र यो यात्रा केही हप्तामा समाप्त हुनेछ,’ एम्बाप्पेले भने ।
पीएसजीसँग एमबाप्पेको सम्झौता जुनमा समाप्त हुँदैछ ।
Leave a Reply