Online Nepal
  • सोमबार, १० मंसिर २०८१
  • तोला २३ सय रूपैयाँले बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार?

    तोला २३ सय रूपैयाँले बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार?

    अनलाइन नेपाल
  • शुक्रबार, २८ बैशाख २०८१
  • 630
    SHARES

    फाइल तस्विर

    काठमाडौं । साताको अन्तिम दिन शुक्रबार नेपाली बजारमा सुनको मूल्य बढेको छ।

    बिहीबार प्रतितोला आठ सय रूपैयाँ घटेको सुनको मूल्य यसदिन प्रतितोला दुई हजार ३ सय रूपैयाँ बढेको हो।



    नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ३७ हजार नौ सय रूपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख ३७ हजार दुई सय ५० रूपैयाँमा कारोबार भइरहेको छ।



    बिहीबार छापावाल सुन प्रतितोला एक लाख ३५ हजार छ सय रूपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख ३४ हजार नौ सय ५० रूपैयाँमा कारोबार भएको थियो। त्यसैगरी, शुक्रबार चाँदीको मूल्य पनि बढेको छ।

    बिहीबार प्रतितोला १६ सय ८५ रूपैयाँमा कारोबार भएको चाँदी शुक्रबार प्रतितोला १७ सय ३५ रूपैयाँमा किनबेच भइरहेको छ। यो मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला ५० रूपैयाँ बढेको हो।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार