Online Nepal
  • सोमबार, ८ पुष २०८१
  • बहुविवाह मुद्धाका फरार अभियुक्त पक्राउ

    बहुविवाह मुद्धाका फरार अभियुक्त पक्राउ

    अनलाइन नेपाल
  • बुधबार, १० भाद्र २०७७
  • 2.7K
    SHARES

    फाइल फोटो

    काठमाडौं । बहुविवाह मुद्धाका फरार प्रतिवादीलाई प्रहरीले ७ वर्षपछि पक्राउ गरेको छ ।

    जिल्ला प्रहरी कार्यालय बझाङले बहुविवाह मुद्धाको फैसलापछि फरार भएका दुईजनालाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा जयपृथ्वी नगरपालिका–३ बस्ने ३४ बर्षिय राजेन्द्र बहादुर खड्का र बाजुरा घर भएकी २७ बर्षिय राधिका खड्का छन् ।



    जयपृथ्वी नगरपालिका–९ देवलबाट पक्राउ गरिएका उनीहरुलाई ०७० फागुनमा बझाङ जिल्ला अदालतले २ बर्ष कैद र १६ हजार जरिवाना हुने फैसला गरेका थियो । फैसलापछि उनिहरु फरार थिए । अदालतको आदेशले उनीहरुलाई कैद भुक्तानका लागि कारागार कार्यालय बझाङ चलान गरिएको छ ।



    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार