एजेन्सी । अमेरिकी राष्ट्रपति जो बाइडेनले केही हतियारको आपूर्ति बन्द गर्ने चेतावनी दिएका छन् ।
सीएनएनलाई दिएको पछिल्लो अन्तर्वार्ताका क्रममा बाइडेनले इजरायलले गाजाको रफाह क्षेत्रमा कुनै ठूलो कदम चालेमा अमेरिकाले केही हतियारको आपूर्ति बन्द गर्ने चेतावनी दिएका हुन् ।
तर अमेरिकी चेतावनीका बाबजुद पनि इजरायलले रफाहको कारबाही जारी राखेको छ ।
इजरायलले हमासविरुद्ध रफाह क्षेत्रमा ठूलो परिमाणमा कारबाही नचलाएसम्म युद्धमा सफलता नमिल्ने बताउँदै आएको छ ।
Leave a Reply