काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)ले पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारलाई दिएको समर्थन जारी राख्ने निर्णय गरेको छ ।
निर्वाचन आयोगबाट राजनीतिक दल दर्ताको प्रमाणपत्र पाएलगत्तै सोमबार बसेको संसदीय दलको बैठकले वर्तमान सरकारलाई दिएको समर्थन निरन्तर जारी राख्ने निर्णय गरेको हो ।
आइतबारमात्र तत्कालीन जनता समाजवादी पार्टी नेपालका सात सांसदको समर्थनमा पार्टी विभाजन गरेर दल दर्ताका लागि नेताहरू निर्वाचन आयोग पुगेका थिए ।
जनता समाजवादी पार्टी निर्वाचन आयोगमा दर्ता भएको थियो ।
Leave a Reply