Online Nepal
  • आइतबार, ९ मंसिर २०८१
  • भन्सार छली ल्याएको २७८ थान ब्याट्रीसहित पक्राउ

    भन्सार छली ल्याएको २७८ थान ब्याट्रीसहित पक्राउ

    अनलाइन नेपाल
  • मंगलबार, ९ भाद्र २०७७
  • 3.6K
    SHARES

    कैलाली । भन्सार छली ल्याएको ब्याट्रीसहित प्रहरीले एक जनालाइ पक्राउ गरेकाे छ । धनगढी उपमहानगरपालिका-१ पशुपति टोलका ३३ वर्षीय साने आलमलाई भन्सार छली ल्याएको ३३ हजार ३ सय ६० रुपैयाँ बराबरको २ सय ७८ थान मोबाइलका ब्याट्रीसहित पक्राउ गरिएकाे प्रहरीले जनाएकाे छ ।

    प्रहरीले आलमको सोही ठाउँस्थित मोबाइल ग्यालरीमा अवैध रुपमा भारतबाट भन्सार छली तथा चोरी पैठारी गरी ल्याएका उक्त ब्याट्रीहरु फेला पारी उनलाईसमेत पक्राउ गरेको हो । उनलाई आवश्यक कारबाहीका लागि भन्सार कार्यालय पठाइएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।



    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार