Online Nepal
  • शुक्रबार, ४ असोज २०८१
  • अवैध लागूऔषधसहित विभिन्न स्थानबाट १२ जना पक्राउ

    अवैध लागूऔषधसहित विभिन्न स्थानबाट १२ जना पक्राउ

    अनलाइन नेपाल
  • शुक्रबार, २१ बैशाख २०८१
  • 417
    SHARES

    फाइल तस्विर

    काठमाडौं । नेपाल प्रहरीले देशका विभिन्न स्थानबाट अवैध लागूऔषधसहित १२ जनालाई पक्राउ गरेको छ ।

    चितवनको ईच्छाकामना गाउँपालिका–३ स्थित सडकबाट अवैध लागूऔषध गाँजा करिब १६ किलोसहित २ जनालाई प्रहरीले पक्राउ गरेको हो। पक्राउ पर्नेहरूमा धादिङ गल्छी गाउँपालिका–५ बस्ने २२ वर्षीय प्रकाश तामाङ र १९ वर्षीय जीवन लामा रहेका छन् ।



    अस्थायी प्रहरी पोस्ट फिस्लिङबाट खटिएको प्रहरीले बागमती प्रदेश ०३–००४ प २९१५ नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा मोटरसाइकलमा सवार उनीहरूलाई उक्त गाँजासहित पक्राउ गरेको हो ।



    यता झापाको बिर्तामोड नगरपालिका–६ देउनिया खोला छेउ बाँसघारीबाट अवैध लागूऔषध ब्राउन सुगर जस्तो देखिने पदार्थ ६ सय ३० मिलिग्रामसहित २ जनालाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

    पक्राउ पर्नेरूमा मेचिनगर नगरपालिका-७ घर बताउने २२ वर्षीय अजय राजबंशी र इलाम सन्दकपुर गाउँपालिका-३ घर बताउने २९ वर्षीय रमेश मगर रहेका छन् । प्रहरी चौकी बुट्टाबारीबाट खटिएको प्रहरीले उनीहरुलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।

    कैलालीको धनगढी उपमहानगरपालिका–४ उत्तरबेहडीबाट अवैध लागूऔषध ब्राउन सुगर जस्तो देखिने पदार्थ ३ ग्राम ८ सय २० मिलिग्रामसहित सोही उपमहानगरपालिका–४ उत्तरबेहडी बस्ने १८ वर्षीय किशोर समेत ६ जनालाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

    अस्थायी प्रहरी पोस्ट बसपार्कबाट खटिएको प्रहरीले किशोरको घर तलासी गर्दा उक्त पदार्थ फेला पारी बेचबिखनमा संलग्न उनीहरूलाई पक्राउ गरेको हो ।

    कास्कीको पोखरा महानगरपालिका–१७ छोरेपाटनबाट नियन्त्रित लागूऔषध नुर्फिन २५ एम्पुल, डाइजेपाम २५ एम्पुल र फेनरागन २५ एम्पुलसहित २ जनालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

    लागूऔषध नियन्त्रण ब्युरो शाखा कार्यालय पोखरा र जिल्ला प्रहरी कार्यालय कास्कीबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त लागू औषधसहित पक्राउ गरेको हो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार