Online Nepal
  • आइतबार, ९ मंसिर २०८१
  • मुख्यमन्त्री सोडारीलाई विश्वासको मत नदिन नागरिक उन्मुक्तिद्वारा ह्विप जारी

    मुख्यमन्त्री सोडारीलाई विश्वासको मत नदिन नागरिक उन्मुक्तिद्वारा ह्विप जारी

    अनलाइन नेपाल
  • शुक्रबार, २१ बैशाख २०८१
  • 591
    SHARES

    धनगढी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घ सोडारीलाई विश्वासको मत नदिन नागरिक उन्मुक्ति पार्टीले ह्विप जारी गरेको छ ।

    रेशम पक्षधर सुदूरपश्चिम प्रदेश संसदीय दलका प्रमुख सचेतक खुशीराम डगौराले शुक्रबार सोडारीलाई विश्वासको मत नदिन नाउपाका सांसदहरूलाई निर्देशन दिएका हुन् ।



    नाउपामा रेशम र रञ्जिता पक्ष समूहमा सांसदहरू विभाजित छन् । रेशम पक्षका ५ र रञ्जिता समूहमा २ सांसद छन् ।



    मुख्यमन्त्री सोडारीले शुक्रबार विश्वासको मत लिने कार्यक्रम रहेको छ । तर सत्ता साझेदार दलबिच नै विश्वासको मतबारे एकरूपता छैन ।

    सुदूरपश्चिममा नागरिक उन्मुक्तिबाट भौतिक पूर्वाधार विकास मन्त्रीमा कैलाश चौधरी र टीका थापा कृषिमन्त्री रहेका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार