Online Nepal
  • शुक्रबार, २५ असोज २०८१
  • घाँस काट्ने क्रममा लडेर एक महिलाको मृत्यु

    घाँस काट्ने क्रममा लडेर एक महिलाको मृत्यु

    अनलाइन नेपाल
  • शुक्रबार, २१ बैशाख २०८१
  • 468
    SHARES

    फाइल तस्विर

    गुल्मी । गुल्मीमा घाँस काट्ने क्रममा लडेर एक महिलाको मृत्यु भएको छ।

    रेसुङ्गा नगरपालिका -२ छापटोलाकी ४३ वर्षीय खुमकला थापाको लडेर मृत्यु भएको हो ।



    मृतक थापा बिहीबार श्रीमानसँगै घाँस काट्न रेसुङ्गा नगरपालिका-३ दहडाँडामा गएकी थिइन्।



    दिउँसो ४ बजे घाँस काट्ने क्रममा लडेपछि उनलाई उपचारको लागि तम्घासस्थित गुल्मी अस्पताल ल्याइएको थियो।

    उपचारको क्रममा अस्पतालले थापालाई मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार