काठमाडौं । सरकारले वैशाख २५ गतेदेखि संघीय संसद्को बजेट अधिवेशन बोलाउने तयारी गरेको छ ।
कानून, न्याय तथा संसदीय मामिलामन्त्री पदम गिरीले वैशाख २५ या २६ गतेदेखि अधिवेशन बोलाउने तयारी रहेको बताएका हुन् ।
मन्त्रिपरिषद्को सिफारिशमा राष्ट्रपतिले संसद्को अधिवेशन आह्वान गर्ने संवैधानिक व्यवस्था छ ।
भोलि बिहीवार बस्ने मन्त्रिपरिषद् बैठकले अधिवेशन आह्वानका लागि सिफारिश गर्ने सरकारको तयारी गरेको छ । जेठ १५ गते वार्षिक बजेट ल्याउनुपर्ने संवैधानिक व्यवस्था छ ।
बजेटअघि संसद्मा राष्ट्रपतिले सरकारका नीति तथा कार्यक्रम पेश गर्ने बजेट अधिवेशनको कार्यसूची रहन्छ ।
संसद्मा प्रिबजेट छलफल भने सम्पन्न भइसकेको छ ।
Leave a Reply