Online Nepal
  • शुक्रबार, ७ मंसिर २०८१
  • अर्थमन्त्री पुनले भने – अर्थतन्त्रमा सकारात्मक संकेत देखा परेका छन्

    अर्थमन्त्री पुनले भने – अर्थतन्त्रमा सकारात्मक संकेत देखा परेका छन्

    अनलाइन नेपाल
  • बुधबार, १९ बैशाख २०८१
  • 477
    SHARES

    काठमाडौं । अर्थमन्त्री वर्षमान पुनले देशको अर्थतन्त्र शिथिलताबाट बाहिर आउन थालेको बताएका छन् ।

    राजधानीमा आयोजित ‘दिगो विकासका लागि वित्त नीति’ विषयक कार्यशालामा बोल्दै अर्थमन्त्री पुनले यस्तो बताएका हुन् ।



    उनले गत वर्षको तुलनामा अर्थतन्त्रमा सकारात्मक संकेत देखा परेको बताए।



    विश्व बैंकले चालु आर्थिक वर्षमा ३.३, एसियाली विकास बैंकले ३.६ र राष्ट्रिय तथ्यांक कार्यालयले ३.८७ प्रतिशत आर्थिक वृद्धि हुने प्रक्षेपण गरे पनि अर्थ मन्त्रालयले ४.५ प्रतिशतभन्दा बढी आर्थिक वृद्धि हुने अनुमान गरेको उनले बताए ।

    अर्थतन्त्रमा थोरै शिथिलता रहेको र यसमा आन्तरिक र वाह्य कारण रहेको अर्थमन्त्री पुनले बताए । तथ्यांकहरुले विस्तारै त्यसमा सुधार देखाएको भन्दै मन्त्री पुनले बाँकी अवधिमा पूँजीगत खर्च बढाउन पहल गर्ने बताए ।

    यद्यपि अझै पनि ढुक्कसँगै अर्थतन्त्र राम्रो भयो भन्ने अवस्था नरहेको अर्थमन्त्री पुनले बताए ।

    मन्त्री पुनले विश्वको आर्थिक र राजनीतिक केन्द्र, श्रम बजारको अवस्था, श्रम शक्ति, आन्तरिक प्राकृतिक श्रोत तथा भूराजनीतिमा टेकेर आर्थिक नीति बनाउनुपर्ने बताए ।

    नेपाल विश्व अर्थतन्त्रका दुई उदयीमान मुलुक भारत र चीनको बीचमा रहेकाले ती मुलुकको बजार हेरेर नीति बनाउनु पर्ने समेत उनले बताए ।

    भारत र चीनबाट ठूलो संख्यामा मध्यम वर्ग भ्रमणमा निस्कने गरेको तथ्यांक प्रस्तुत गर्दै उनले नेपालमा पर्यटनको प्रचुर सम्भावना रहेको बताए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार