एजेन्सी । बेलायती विदेशमन्त्री डेभिड क्यामरूनले गाजामा ४० दिने युद्धविरामको प्रस्ताव गरेका छन् ।
उनले प्यालेष्टिनी इस्लामिक लडाकू समूह हमासलाई इजरायली बन्धक मुक्त गर्न आग्रह गर्दै ४० दिनको युद्धविराम प्रस्ताव गरेका हुन् ।
यससँगै हजारौँ प्यालेस्टिनी कैदी रिहा हुने उनले बताए ।
मन्त्री क्यामरूनले रियादमा आयोजित विश्व आर्थिक मञ्चको बैठकमा प्यालेस्टिनी लडाकू समूहलाई ४० दिनको युद्धविराम र बन्धकहरूको रिहाइको बदलामा हजारौं प्यालेस्टिनी कैदीको रिहाइ प्रस्ताव गरेको बताए।
हमासको एक प्रतिनिधिमण्डल सोमबार इजिप्ट गएको छ ।
Leave a Reply