सिन्धुपाल्चोक । बैंकिङ कसुर मुद्दामा फरार रहेका जुगल गाउँपालिका ७ याङ्लाकोटका वडाध्यक्ष रवि तामाङलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
प्रहरीले नक्कली सेवाग्राहीको भेषमा जिल्ला प्रहरी सिन्धुपाल्चोकबाट खटिएका टोलीले जुगल ५ ढाडेबाट तामाङलाई नियन्त्रणमा लिएको हो ।
उनलाई सिन्धुपाल्चोक जिल्ला अदालतमा पेस गरेर आवश्यक कानुनी प्रक्रियामा पठाइएको प्रहरीले जनाएको छ।
२०७८ फागुन २० गते उच्च अदालत पाटन ललितपुरले तीन दिन कैद र नौ लाख ९० हजार रुपैयाँ जरिवानाको सजाय तोकिएपछि वडाध्यक्ष तामाङ फरार थिए ।
Leave a Reply