काठमाडौं । वेस्टइन्डिज ‘ए’ विरुद्धको पहिलो खेलमा कप्तान रोहित पौडेलले शतक बनाएका छन्।
त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा वेष्ट इण्डिजले दिएको २०५ रनको लक्ष्य पछ्याउने क्रममा उनले ४७ बलमा १०१ रन बनाएका हुन् ।
त्यस क्रममा उनले १० चौका र ५ छक्का प्रहार गरेका छन्। पहिले ब्याटिङ गरेको वेष्णइण्डिज ए ले नेपाललाई २०५ रनको लक्ष्य दिएको छ ।
नेपालका लागि ओपनर अनिल शाह ५ र कुशल मल्ल र कुशल भुर्तेल १६/१६ रनमा आउट भए ।
Leave a Reply