Online Nepal
  • बुधबार, ७ कार्तिक २०८१
  • रोनाल्डोन्होले गल्ती स्वीकारेपछि अब ब्राजिल फर्कन पाउने

    रोनाल्डोन्होले गल्ती स्वीकारेपछि अब ब्राजिल फर्कन पाउने

    अनलाइन नेपाल
  • मंगलबार, ९ भाद्र २०७७
  • 2.3K
    SHARES

    काठमाडौं । रोनाल्डिन्हो अब घर फर्कन पाउने भएका छन् । पाँच महिना पाराग्वेस्थित एक घरमा आफ्नो दाई रोबर्टो एसिससँग नजरबन्द रहेका रोनाल्डिन्होले गल्ती स्वाकारेपछि अब घर फर्कन पाउने भएका हुन् । नक्कली पासपोर्ट प्रयोग गरेको आरोपमा गत मार्चमा दुई जनालाई पक्राउ गरिएको थियो ।

    अप्रिलमा दुईजनाको तर्फबाट वकिलले १.६ करोड डलर धरौटी बुझाएपछि उनीहरुलाई जेलबाट सारेर मुद्दाको सुनुवाइ हुँदासम्म एक होटलमा नजरबन्द गरिएको थियो । दोषी ठहर भएमा दुई जनाले ५ वर्षसम्म जेल सजाय भोग्नुपर्ने हुन्थ्यो । तर, दुवैले नक्कली पासपोर्ट प्रयोग गरेको स्वीकार गर्दै जरिवाना रकम तिरेका छन् । यसमा रोनाल्डोले ९० हजार डलर र एसिसले १ लाख १० हजार डलर जरिवाना रकम तिरेका हुन् । एसिसको पाराग्वेमा आपराधिक रेकर्ड रहनेछ भने रोनाल्डिन्होको रहनेछैन ।



    एसिसले दुई वर्षसम्म ब्राजिल छाड्न पाउनेछैनन् र २४ महिनाको अन्तरालमा समय–समयमा रियो दि जनेरियोका अधिकारीहरु सामु उपस्थित हुनुपर्नेछ । बार्सिलोना, एसी मिलान र पीएसजीका पूर्वस्टार रोनाल्डिन्हो अब चाहेको समयमा ब्राजिल फर्कन पाउनेछन् ।



      प्रतिक्रिया

      Leave a Reply

      Your email address will not be published. Required fields are marked *

      नयाँ अपडेट
      अन्य समाचार