काठमाडौं । वेस्टइन्डिज ‘ए’विरुद्धको पहिलो खेलमा नेपाललाई पहिलो ओभरमै सफलता मिलेको छ ।
कीर्तिपुरस्थित त्रिवि मैदानमा पाँच खेलको टी-२० सिरिज अन्तर्गत पहिलो खेलमा नेपालका कमलसिंह ऐरीले पहिलो विकेट लिएका हुन्।
कमलले वेष्ट इन्डिज ‘ए’ का जोन्सन चाल्र्सलाई पहिलो ओभरको अन्तिम बलमा बोल्ड आउट गरे ।
पहिलो खेलमा नेपालको प्लेइङ ११ मा तीव्र गतिका बलर ऐरी पनि छन् ।
विकेटकिपर आशिफ शेखको ठाउँमा अनिल साह खेल्दैछन् ।
आज मुख्य बलरहरू सोमपाल कामी, करण केसी प्लेइङ ११ मा छैनन् । सन्दीप जोरा पनि बेन्चमा छन् ।
Leave a Reply