काठमाडौं । आज उपचुनाव हुने इलाम क्षेत्र नम्बर २ र बझाङको प्रदेश सभा निर्वाचन क्षेत्र नम्बर १ (क) मा सार्वजनिक गाडी चलाउन पाइने भएको छ ।
निर्वाचन आयोगका अनुसार यसको व्यवस्था मिलाउन गृह मन्त्रालयमार्फत प्रमुख जिल्ला अधिकारीहरुलाई निर्देशन दिइएको हो ।
यसअघिका चुनावहरुमा अत्यावश्यक सेवा र आयोगबाट सवारी पास भएका गाडीहरु मात्र सन्चालन गर्न पाइन्थ्यो ।
तर यसपालिको उपचुनावमा भने मतदाताको सुविधाका लागि भन्दै आयोगले मतदान केन्द्रसम्मै सार्वजनिक गाडी सञ्चालन गर्न दिने निर्णय गरेको हो ।
Leave a Reply