काठमाडौं । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले ठूलो परिमाणको अवैध सुन र नगदसहित ७ जनालाई पक्राउ गरेको छ ।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको टोलीले काठमाडौं महानगरपालिका-२४ दुछेंननी टोलबाट १ हजार ७६८.२५ ग्राम सुन र १ करोड ४३ लाख ६० हजार रूपैयाँसहित ७ जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको हो।
पक्राउ गरेकाहरूको साथबाट १७६८ ग्राम सुन र १ करोड ४३ लाख ६० हजार रूपैयाँ नगद बरामद भएको छ ।
पक्राउ पर्नेमा दार्चुला महाकाली नगरपालिका ३ टाँटे बस्ने ४७ वर्षीय गणेश दत्त बडू र आयुष बडू, झापा बिर्तामोडका दिनेश खरेल र भरतराज खरेल रहेका छन् ।
त्यस्तै भारत महाराष्ट्रका अमोल बिभुते, ऋषिकेश प्रकाश बिभुते र गणेश सतिश बाल्टे पक्राउ परेका छन् ।
सुनको अवैध कारोबार भइरहेको भन्ने सूचनाका आधारमा उनीहरूलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।
Leave a Reply