काठमाडौं । बिना जानकारी तीन महिनादेखि कार्यालयमा अनुपस्थित सहसचिवलाई कृषि मन्त्रालयले जागिरबाट हटाएको छ ।
कृषि मन्त्रालयका प्राविधिक तर्फका सहसचिव डा. कमलराज गैरेलाई सेवाबाट हटाइएको हो ।
बिदा स्वीकृत नगराई आफ्नो पदाधिकार रहेको कार्यालयमा ९० दिनभन्दा बढी समय अनुपस्थित भएपछि गैरेलाई मन्त्रिपरिषद् बैठकले सेवाबाट हटाउने निर्णय गरेको हो ।
मन्त्रालयले आज सूचना जारी गरेर बर्खास्त गरिएको जनाएको छ ।
Leave a Reply