Online Nepal
  • शनिबार, १० कार्तिक २०८१
  • कोरोनाविरुद्धको लडाईमा प्लाज्मा थेरापीलाई किन ऐतिहासिक घोषणा भने ट्रम्पले ?

    कोरोनाविरुद्धको लडाईमा प्लाज्मा थेरापीलाई किन ऐतिहासिक घोषणा भने ट्रम्पले ?

    अनलाइन नेपाल
  • सोमबार, ८ भाद्र २०७७
  • 2.9K
    SHARES

    काठमाडौं। कोरोना भाइरसबाट पीडित अमेरिकाले उपचारका लागि प्लाज्मा थेरापीलाई अनुमोदन गरेको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ह्वाइटहाउसमा आपतकालमा बिरामीहरूको उपचार गर्न प्लाज्मा थेरापीलाई अनुमोदन गरिसकेको वताए ।

    ट्रम्पले यसबाट धेरैको जीवन बचाईने पनि दाबी गरे । निको भएकाहरूको रगतको प्लाज्मामा भाइरस विरुद्ध बनेका एन्टीबडीलाई अरू बिरामीमा प्रयोग गरिने यो विधि हजारौँ मानिसमा प्रयोग गरिसकिएको छ।



    अनुसन्धानले प्लाज्मा थेरापीले मृत्युदर ३५ प्रतिशत सम्म घटाउन सक्ने पनि ट्रम्पले उल्लेख गरे । उनले भने, ‘अमेरिकामा अहिले सम्म ७० हजार हजार भन्दा बढी मानिसहरूलाई प्लाज्मा दिइयो।’



    ट्रम्पले यसलाई कोरोना भाइरस विरुद्धको लडाईमा ऐतिहासिक घोषणा गरे । ट्रम्पका अनुसार उनी यो काम धेरै अघि गर्न चाहन्थे, किनकि यो ‘शक्तिशाली थेरापी ‘ थियो । तर कोरोना टास्क फोर्सका सदस्य डा.एन्थोनी फौचि सहित धेरै विज्ञहरू ह्वाइट हाउसको त्यस्ता अध्ययनहरूले सीमित अध्ययनलाई लिएर चिन्ता व्यक्त गरेका छन्।

    तर, अब ट्रम्प सरकारको प्लाज्मा थेरापीको योजनाले त्यहाँका कति  जनतालाई फाइदा पुर्याउँदछ र मृत्यु दरलाई कम गर्नका लागि कति सहयोगी हुन सक्छ  ? केही समयपछी नै थाहा हुनेछ।

    अमेरिकाको खाद्य तथा औषधि प्रशासनसम्बन्धी नियामक निकाय एफडिएले कोरोना भाइरसबाट निको भएकाहरूको रगतको प्लाज्मा तत्व अन्य बिरामीका लागि प्रयोग गर्न आकस्मिक अनुमति दिएपछि यसको चर्चा भएको हो।

    ट्रम्पले यसअघि ह्वाइटहाउसमा आयोजित पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै एफडिएले प्लाज्मा थेरापीको प्रयोगलाई अनुमति दिएको समाचार सुनाएका थिए। कोरोना भाइरसबाट अमेरिकामा ५६ लाख मानिस सङ्क्रमित छन् भने एक लाख ७६ हजार मानिसको ज्यान गइसकेको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार