काठमाडौं । कतारका राजा शेख तमिम बिन हमाद अल थानीलाई राष्ट्रपति रामचन्द्र पौडेलले स्वागत गर्ने भएका छन्।
परराष्ट्र मन्त्रालयका अनुसार दुई दिने राजकीय भ्रमणका लागि भोलि नेपाल आउन लागेका राजा थानीलाई राष्ट्रपति पौडेलले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमै स्वागत गर्न लागेका हुन् ।
उनको स्वागतका लागि सरकारले भोलि सार्वजनिक बिदा समेत दिएको छ। भ्रमणका क्रममा उनले राष्ट्रपति पौडेलसँग शितल निवासमा भेट गर्नेछन् ।
पौडेलले उनको सम्मानमा राजकीय भोजको समेत आयोजना गर्ने कार्यक्रम तय भएको छ। थानी मंगलबार बेलुका काठमाडौं आइपुग्नेछन्।
Leave a Reply