Online Nepal
  • बुधबार, ७ कार्तिक २०८१
  • पूर्वमन्त्री आफताव आलम पक्राउ परेदेखि प्रहरी इन्सपेक्टर ‘फरार’!

    पूर्वमन्त्री आफताव आलम पक्राउ परेदेखि प्रहरी इन्सपेक्टर ‘फरार’!

    अनलाइन नेपाल
  • बुधबार, २८ फाल्गुन २०७६
  • 5K
    SHARES

    काठमाडौं । पूर्वमन्त्री मोहम्मद आफताव आलम पक्राउ परेदेखि एक प्रहरी इन्सपेक्टर ‘फरार’ रहेका छन्। प्रहरीले निकै मिहिन ढंगले घटनाको अनुसन्धान गरी उनलाई पक्राउ गरेको थियो । प्रहरीले आफूलाई फसाएको आरोप उनले लगाउँदै आएका छन् ।

    प्रहरीलाई गालीगलौज गर्ने आलमका आफ्नै छोरा भने प्रहरीमा इन्सपेक्टर छन् । तर, बाबु पक्राउ परेपछि उनी प्रहरीको कार्यालयमा उपस्थित भएका छैनन् । रौतहट प्रहरीले खोजी गर्दा पनि उनी भेटिएका छैनन् ।प्रहरी अस्पताल महाराजगञ्जमा कार्यरत प्राविधिक प्रहरी निरीक्षक डा. मोहमद फिरदोश आलमले जानकारी नदिई जागिर छाडेका हुन् ।



    असोज अन्तिमदेखि नै उनी हाजिर नभएको अस्पताल स्रोत बताउँछ । पत्रिकामा सूचना निकालेर उनलाई जागिरबाट बर्खास्त गर्ने प्रहरी तयारी छ । एमबीबीएस डाक्टर आलमले प्रहरीमा जागिर खाएको डेढ वर्ष मात्र भएको थियो । अन्यत्र पनि अवसर पाइने भएकाले उनी हाजिर हुन नगएको बताइन्छ ।



    १२ वर्षअघिको बम विष्फोटको घटनामा संलग्न भएको अभियोगमा यतिबेला आलम नख्खु कारागारमा छन् । २०६४ सालमा भएको घटनामा उनी गत असोजमा पक्राउ परेका थिए ।

      प्रतिक्रिया

      Leave a Reply

      Your email address will not be published. Required fields are marked *

      नयाँ अपडेट
      अन्य समाचार