Online Nepal
  • बुधबार, ७ कार्तिक २०८१
  • यूइएफए च्याम्पियन्स लिगको उपाधि बायर्नले पाए

    यूइएफए च्याम्पियन्स लिगको उपाधि बायर्नले पाए

    अनलाइन नेपाल
  • सोमबार, ८ भाद्र २०७७
  • 2.6K
    SHARES

    पोर्चुगल । जर्मन क्लब बायर्न म्युनिखले यूइएफए च्याम्पियन्स लिगको यस सिजनको उपाधि हात पार्न सफल भएको छ । याेसहित बायर्नले छैटौं पटक च्याम्पियन्स लिगको उपाधि हात पारेको हो । गएराति भएको खेलमा फ्रेन्च क्लब पेरिस सेन्ट जर्मन (पीएसजी) लाई १–० ले बायर्नले हराउएकाे हाे ।

    खेलको सुरुवाततिर दुवै टोलीले गोल गर्ने केही अवसर गुमाएका थिए । १८औं मिनेटमा नेयमारका दुई प्रहारलाई बायर्नका गोलरक्षक म्यानुयल नोएरले रोकेका थिए । २२औं मिनेटमा बायर्नका रोवर्ट लेवान्डोस्कीले प्रहार गरेको बल पिएसजीका गोलरक्षक केलर नाभास बिट भएता पनि पोलमा लागेर फर्किएको थियो ।



    ३१औं मिनेटमा लेवान्डोस्कीको शक्तिशाली हेडरलाई नाभासले दोस्रो प्रयासमा बचाउ गरे । पहिलो हाफको अन्तिम समयमा केलियन एम्बाप्पेले पाएको सुनौलो अवसरलाई सदुपयोग गर्न सकेनन् । अनमार्क रहेका एम्पाप्पेको प्रहार सिधै नोएरको हातमा पुगेको थियो ।



    पोर्चुगलको स्टाडियो डा लुजमा भएको खेलमा निकै प्रतिस्पर्धात्मक बनेको थियो । रोमाञ्चक खेलमा किंग्सले कोमनले ५९औं मिनेटमा गरेको गोल बायर्नको जितका लागि निर्णायक बन्यो ।

      प्रतिक्रिया

      Leave a Reply

      Your email address will not be published. Required fields are marked *

      नयाँ अपडेट
      अन्य समाचार