काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा मुम्बई इन्डियन्सले पञ्जाब किङग्सलाई ९ रनले पराजित गरेको छ ।
पञ्जाबका आशुतोष शर्माले ६१ रन बनाए पनि टोलीको हार टार्न सकेनन् । मुम्बइका सूर्य कुमारले अर्धशतकीय पारी खेले । जितका लागि एक सय ९३ रनको लक्ष्य पछ्याएको पञ्जाब १९ ओभर एक बलमा एक सय ८३ रनमा अलआउट भयो ।
पञ्जाबले १४ रन जोड्दा पहिलो क्रमका ४ खेलाडी गुमाएको थियो । टस हारेर पहिला ब्याटिङ गरेको मुम्बईले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १ सय ९२ रन बनाएको थियो । सूर्य कुमारले ७८ रन तथा रोहित शर्माले ३६ रन बनाए ।
७ खेलमा मुम्बईको यो तेस्रो जित हो । मुम्बई ६ अङ्कसहित सातौँ स्थानमा छ । समान खेलमा पञ्जाब ४ अङ्कसहित नवौँ स्थानमा छ ।
Leave a Reply