काठमाडौं । महालेखापरीक्षक तोयम रायालाई सर्वसम्मतिले अनुमोदन भएका छन्।
मंगलबार संसदीय सुनुवाइ समितिले महालेखापरीक्षक तोयम रायालाई सर्वसम्मतिले अनुमोदन गरेको हो।
संवैधानिक परिषदले रायलाई गत चैत्र १८ गते महालेखा परीक्षकमा सिफारिस गरेको थियो ।
प्रस्तावित रायाले कार्ययोजना प्रस्तुत गर्दै बेरूजु कम गर्न आफूले काम गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए।
राय राष्ट्रिय तथ्यांक कार्यालयका सचिव हुन् । उनी ६ वर्षीय कार्यकालका लागि महालेखा परीक्षकमा नियुक्त हुनेछन् ।
Leave a Reply