काठमाडौं । एसीसी प्रिमियर कप क्रिकेट प्रतियोगिताको सोमबार जारी खेलमा नेपालले हङकङको पहिलो विकेट लिएको छ ।
हङहङको पहिलो विकेट नेपाली बलर करण केसीले लिएका हुन् ।
करणले हङकङको ओपनर ब्याट्सम्यान मार्टिन कोट्जीलाई आठ रनको ब्यक्तिगत स्कोरमा विकेटकिपर आसिफ शेखद्वारा क्याच गराए ।
नेपालले टस जिती हङकङको पहिले ब्याटिङको निम्तो दिएको हो । २.१ ओभरमा कोट्जी आउट हुँदा हङकङकले १२ रन बनाएको छ ।
वर्षाका कारण खेल निर्धारित समयभन्दा केही ढिलो सुरु भएको हो ।
Leave a Reply