काठमाडौं । एसीसी प्रिमियर कपमा नेपालले कतारलाई २११ रनको लक्ष्य दिएको छ ।
ओमानमा टस जितेर पहिला ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै २१० रनमा जोडेको हो ।
नेपालका लागि ओपनर आसिफ शेखले ५२ रनको योगदान दिए । उनले ४१ बलमा ६ चौका हिर्काए ।
कुशल मल्लले विस्फोटक ब्याटिङ गर्दै १८ बलमा ३५ रन बनाए । उनले दुई चौका र ३ छक्का हिर्काए ।
दीपेन्द्र सिंह ऐरीले विस्फोटक ब्याटिङको नमुना प्रस्तुत गर्दै २१ बलमा ६४ रनको शानदारी इनिङ्स खेले उनले अन्तिम ओभरमा कमरान खानको बलिङमा ६ बलमा ६ छक्का हिर्काए ।
उनले आफ्नो इनिङ्समा ३ चौका र सात छक्का हिर्काए ।
Leave a Reply