काठमाडौं । एसीसी प्रिमियर कपको आफ्नो दोस्रो खेलमा नेपालले पहिलो विकेट गुमाएको छ।
ओमानमा जारी एसीसी प्रिमियर कपमा नेपालले कतारविरुद्ध पहिले विकेट गुमाएको हो ।
कतारविरूद्ध टस जितेर पहिलो ब्याटिङ गरेको नेपालले २.४ ओभरमा ओपनर कुशल भूर्तेललाई गुमायो।
भूर्तेल कतारका अमिर फारूखको बलमा कामरन खानबाट क्याच आउट भएका हुन्।
आउट हुनुअघि भूर्तेलले ११ बलमा २ चौका प्रहार गरी १२ रन बनाएका थिए।
भूर्तेलको विकेटपछि कप्तान रोहित पौडेल ब्याटिङमा आएका छन्।
Leave a Reply