काठमाडौ. । उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले प्रहरी संगठनहरू बलियो बनाउनका लागि जनताको सेवा गर्नुपर्ने बताएका छन् ।
नयाँ वर्षको अवसरमा काठमाडौंको थापाथलीस्थित सडकमा नेपाल प्रहरी, ट्राफिक प्रहरी र सर्वसाधारणसँग खुशीयाली साटासाट गर्न पुगेका गृहमन्त्री लामिछानेले यस्तो बताएका हुन् ।
प्रहरी संगठनमा रहेकाहरू जनताको सेवामा खटिनुपर्ने उनको भनाइ थियो ।
गृहमन्त्री लामिछानेले भने,’राष्ट्रसेवकहरूलाई कहीँ कतै अन्याय नपरोस्, सेवामा खटिएका सम्पूर्ण प्रहरी जवानदेखि माथिल्ला अफिसरसम्म कुनै अन्याय नहोस्, कसैमाथि पनि दबाब वा राजनीतिक आग्रह, पूर्वाग्रह नहोस् । कसैले नेता चिन्नु पर्दैन, जनता चिने हुन्छ, नेताको चाकडी नभई जनताको सेवा गरेमात्रै संगठन बलियो बन्छ भन्ने सुनिश्चितता हुनेछ ।’
गृहमन्त्री लामिछानेले काठमाडौं उपत्यकाको सुरक्षा व्यवस्था चुस्त बनाइएको पनि बताए ।
उनले काठमाडौंमा २४ सै घण्टा सुरक्षा व्यवस्था चुस्त बनाउनुपर्ने बताए । त्यसको सुनिश्चितता व्यवसायीमा हुनुपर्ने उनको भनाइ थियो ।
नेपाल प्रहरीभित्र देखिएका समस्या पनि समाधान हुने लामिछानेले बताए । गृहमन्त्री लामिछानेले सबै गुनासाहरु यथोचित ढंगले सम्बोधन हुने बताए ।
Leave a Reply