काठमाडौं । उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले नागरिकको सुरक्षामा कुनै सम्झौता नहुने बताएका छन् ।
नयाँ वर्षको अवसरमा काठमाडौंको थापाथलीस्थित सडकमा नेपाल प्रहरी, ट्राफिक प्रहरी र सर्वसाधारणसँग नयाँ वर्षको अवसरमा खुशीयाली साटासाट गर्न पुगेका गृहमन्त्री लामिछानेले यस्तो बताएका हुन् ।
उनले जनताका सबै किसिमका गुनासाहरु यथोचित ढंगबाट समाधान हुने बताए । कर्मचारीहरुमाथि दबाब वा राजनीतिक आग्रह, पूर्वाग्रहबिना नै काम गर्ने वातावरण बनाइने गृहमन्त्री लामिछानेको भनाई छ ।
उनले काठमाडौं शहरलाई चलायमान र क्रियाशील बनाउन नयाँ वर्षबाट २४ सै घण्टा दरबार मार्ग र ठमेल क्षेत्र सञ्चालन गर्न लागिएको बताए ।
गृहमन्त्री लामिछानेले काठमाडौं जिउँदो, जाग्दो शहर बनाउन आफूले काम गरिरहेको जिकिर गरे ।
गृहमन्त्री लामिछानेले प्रहरीको मनोबल र सुधारको काम अझ अघि बढाउनका लागि नयाँ वर्षको दिनमा खुशीयाली साटासाट गर्न आफू सडकमा आएको बताए ।
Leave a Reply