Online Nepal
  • बिहिबार, ११ पुष २०८१
  • सरकारले गर्‍यो रसिया र युक्रेनको श्रम स्वीकृति स्थगन

    सरकारले गर्‍यो रसिया र युक्रेनको श्रम स्वीकृति स्थगन

    अनलाइन नेपाल
  • शुक्रबार, ३० चैत्र २०८०
  • 816
    SHARES

    काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले रसिया र युक्रेनमा वैदेशिक रोजगारीका लागि जान चाहने नेपालीलाई श्रम स्वीकृति दिन स्थगित गरेको छ ।

    शुक्रबार मन्त्रालयले एक प्रेस विज्ञप्ति जारी गरी रसिया र युक्रेनको श्रम स्वीकृति स्थगन गरिएको जानकारी दिएको हो ।



    कामदारहरूका लागि श्रम स्वीकृति प्रदान गर्दा युद्धरत देशहरूका सेनामा सहभागी हुनसक्ने सम्भावना रहेको र सोबाट सृजना हुन सक्ने मानवीय जोखिम समेतलाई दृष्टिगत गर्दै अर्को व्यवस्था नभएसम्म पुनः श्रम स्वीकृति, व्यक्तिगत तथा संस्थागत श्रम स्वीकृति दिने कार्य स्थगन गरिएको मन्त्रालयले शुक्रवार जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।



    यसअघि फागुनमा सचिवस्तरिय निर्णय गरेर ती देशका लागि श्रम स्वीकृति खोलिएको थियो। त्यसअघि पुसमा श्रम स्वीकृति बन्द गरिएको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार