काठमाडौं । सरकारले आन्दोलनका क्रममा सार्वजनिक सम्पत्ति तोडफोड तथा सुरक्षाकर्मीमाथि हुने आक्रमणविरुद्ध कडा नीति लिएको छ ।
विभिन्न मुद्दा र माग राखी आन्दोलन गर्ने क्रममा आन्दोलनकारीले भौतिक क्षति गर्ने गरेको भन्दै गृह मन्त्रालयले कडा नीति ल्याएको हो ।
शुक्रवार मात्रै उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले आन्दोलनका आयोजकबाट क्षतिको सबै भरपाइ गराउने मन्त्रीस्तरीय निर्णय गराएका छन् ।
यससँगै अब प्रदर्शनका क्रममा भएका भौतिक क्षतिको जिम्मेवारी आयोजक वा आन्दोलनकारी लिनुपर्ने भएको छ । साथै सुरक्षाकर्मी घाइते भएको अवस्थामा पनि उपचार गराउनुपर्ने छ ।
Leave a Reply