Online Nepal
  • बुधबार, १० पुष २०८१
  • सर्वोच्चको अन्तरिम आदेश – भूमि आयोग गठन नगर्नू

    सर्वोच्चको अन्तरिम आदेश – भूमि आयोग गठन नगर्नू

    अनलाइन नेपाल
  • शुक्रबार, ३० चैत्र २०८०
  • 2.3K
    SHARES

    काठमाडौं । भूमि आयोगलाई खारेज गर्ने सरकारको निर्णयविरुद्ध सर्वोच्च अदालतले अन्तरिम आदेश जारी गरेको छ । न्यायाधीशद्वय आनन्दमोहन भट्टराई र विनोद शर्माको इजलासले शुक्रबार यस्तो आदेश गरेको हो ।

    सर्वोच्चले यसअघि एकल इजलासबाट अल्पकालीन अन्तरिम आदेश जारी भएको भन्दै उक्त विवादमा मुद्दाको फैसला नभएसम्म अन्तरिम आदेश जारी हुने भनेको छ ।



    यसअघि भूमि आयोग खारेज विरूद्ध परेको रिटमा सर्वोच्च अदालतले अल्पकालीन अन्तरिम आदेश जारी गरेको थियो ।



    सर्वोच्चका न्यायाधीश बालकृष्ण ढकालको एकल इजलासले (अन्तरकालीन) अन्तरिम आदेश जारी गरेको थियो ।

    प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई विपक्षी बनाई दायर गरेको रिटमा सर्वोच्चले यस्तो आदेश जारी गरेको थियो।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार