Online Nepal
  • शनिबार, १७ कार्तिक २०८१
  • उपराष्ट्रपति यादव र पाकिस्तानका राजदूतबीच भेटवार्ता

    उपराष्ट्रपति यादव र पाकिस्तानका राजदूतबीच भेटवार्ता

    अनलाइन नेपाल
  • शुक्रबार, ३० चैत्र २०८०
  • 471
    SHARES

    काठमाडौं । उपराष्ट्रपति रामसहायप्रसाद यादव र पाकिस्तानका राजदूत अबरार एच हासमीबीच शिष्टाचार भेटवार्ता भएको छ ।

    उपराष्ट्रपति यादव र राजदूत हासमीबीच लैनचौरस्थित उपराष्ट्रपतिको कार्यालयमा भेटवार्ता भएको हो ।



    भेटमा द्विपक्षीय सम्बन्ध, व्यापार तथा आर्थिक सहयोग, शैक्षिक तथा सांस्कृतिक सहयोग र क्षेत्रीय तथा अन्तर्राष्ट्रिय सहयोगका विषयमा छलफल भएको उपराष्ट्रपति यादवको सचिवालयले जनाएको छ ।



    उपराष्ट्रपति यादवले नेपाल र पाकिस्तानबीच सन् १९६० मार्च २० मा कूटनीतिक सम्बन्ध स्थापना भएयता निकट र सुमधुर सम्बन्ध रहेको बताएका थिए । उनले दुई देशबीच उच्चस्तरीय भ्रमणको आदानप्रदानले सधैं हाम्रो सम्बन्धका सबै पक्षहरूमा गतिशीलता र गुणस्तर बढाएको समेत बताए ।

    उपराष्ट्रपति यादवले नेपाल र पाकिस्तानले व्यापार र आर्थिक क्षेत्रमा सहयोग विस्तार गर्नु पर्नेमा जोड दिएका थिए ।

    उपराष्ट्रपति यादवले दक्षिण एसियाको हिन्दु–कुश हिमालय क्षेत्रले विश्वव्यापी उष्णता र जलवायु परिवर्तनको प्रतिकूल प्रभावहरूको सामना गरिरहेकोमा चिन्ता व्यक्त गरेका थिए ।

    राजदूत हासमीले नेपाल र पाकिस्तानबीचको सम्बद्ध अत्यन्तै प्रगाढ रहेको उल्लेख गर्दै यसलाई अझ उचाईमा दुई मुलुक मिलेर अघि बढ्नु पर्ने बताए ।

    उनले नेपाल र पाकिस्तानबीच अवरुद्ध हवाई सेवा पुनः सञ्चालन गर्नुपर्नेमा जोड दिएका उपराष्ट्रपति कार्यालयद्वारा जारी प्रेस नोटमा उल्लेख छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार