बुटवल । लुम्बिनी प्रदेशका मुख्यमन्त्री जोखबहादुर महराले विश्वासको मत मागेका छन् ।
प्रदेशसभाको शुक्रबार बसेको बैठकमा माओवादी संसदीय दलका नेता समेत रहेका मुख्यमन्त्री महराले विश्वासको मत मागेका हुन् ।
केन्द्रीय राजनीतिमा आएको फेरबदलका कारण यो कार्यकालको तेस्रो मुख्यमन्त्रीका रुपमा आफू आएको भन्दै उनले सरकार सञ्चालनमा सबैले सहयोग गर्ने विश्वास व्यक्त गरे ।
योग्य देखेर नै आफूलाई मुख्यमन्त्री बनाएको भन्दै उनले वार्षिक क्यालेण्डर बनाएर विकासका योजना तर्जुमा गर्ने बताए । यस्तै दलहरूको सहमितमा छिट्टै मन्त्रिपरिषदलाई पूर्णता दिने बताए ।
Leave a Reply