काठमाडौं । काठमाडौंको नागढुङ्गाबाट लागुऔषध खैरो हेरोइनसहित २ जना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा कास्कीको पोखरा महानगरपालिका-४ बस्ने प्रज्ज्वल हराचन र काठमाडौं तारकेश्वर नगरपालिका-१६ माछापोखरी बस्ने सुलभ तामाङ छन्।
उनीहरूलाई चन्द्रागिरि नगरपालिका २ नागढुङ्गाबाट १० ग्राम खैरोहेरोइनसहित पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
प्रहरी प्रभाग नागढुंगा र लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय नागढुङ्गाबाट खटिएको प्रहरीले बा प्र ०१-००६ ख ५२१७ नम्बरको बसमा सवार उनीहरूलाई नियन्त्रणमा लिएको हो ।
थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
Leave a Reply