काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मन्त्रीपरिषदको वैठक बोलाएका छन् ।
बिहीबारका लागि तय भएको मन्त्रिपरिषद् बैठक शुक्रबार बस्न लागेको हो ।
शुक्रबार दिउँसो १ बजे बस्ने गरी बैठक तय भएको बालुवाटार स्रोतले बतायो ।
यसअघि बिहीबारलाई बोलाइएको बैठक शुक्रबार बिहान १० बजे हुँदै पुन समय संशोधन गरेर दिउँसो १ बजेलाई पुर्याइएको हो ।
बैठकले सरकारका नियमित काम कारबाहीबारे महत्त्वपूर्ण निर्णय गर्ने बताइएको छ ।
Leave a Reply