Online Nepal
  • सोमबार, १२ कार्तिक २०८१
  • हिँडेरै अस्पताल गएकी युवतीको मृत्यु भएपछि अस्पताल परिसर तनावग्रस्त

    हिँडेरै अस्पताल गएकी युवतीको मृत्यु भएपछि अस्पताल परिसर तनावग्रस्त

    अनलाइन नेपाल
  • शुक्रबार, ३० चैत्र २०८०
  • 981
    SHARES

    सुर्खेत । सुर्खेतमा हिँडेरै अस्पताल पुगेकी एक युवतीको मृत्यु भएपछि तनाव उत्पन्न भएको छ।

    पश्चिम दैलेखको आठबिस नगरपालिका–५, पिपलकोटबाट उपचारका लागी सुर्खेत आएकी २२ वर्षीया भिमा गुरुङ बलामीको मृत्यु भएको हो ।



    केही समय देखी पेट दुखी रहने समस्या भएको भन्दै उपचार गराउन उनी सुर्खेत आएकी थिइन्।



    वीरेन्द्रनगरको एक निजी अस्पतालमा सामान्य चेकजाँच गराउँदा पाठेघरमा केही समस्या भएको र प्रदेश अस्पताल जान सुझाव दिइएको पारिवारिक स्रोतले बताएको छ।

    बिहीबार बिहानै उनी अस्पताल भर्ना भएकी थिईन् । अस्पतालमा चेकजाँच गराउँदा ४ महिनाअघि प्रसूति गराउँदा पाठेघरमा केही सालनाल रहेको कुरा चिकित्सकले बताउका थिए।

    अप्रेसन गरेर पाठेघर सफा गर्दैगर्दा केही समयपछि नै अस्पतालले गुरुङलाई दिउँसो तीन बजेतिर मृत घोषणा गरेको थियो।

    डाक्टरहरूको लापरबाहीका कारण उनको मृत्यु भएको भन्दै आफन्तहरूले आन्दोलन गरिरहेका छन्।

    भीमाको मृत्यु भएसँगै अस्पताल परिसर तनावग्रस्त छ भने परिवारले शव बुझ्न मानिरहेका छैनन्।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार