Online Nepal
  • आइतबार, २० असोज २०८१
  • संसद्‌को अवरोध अन्त्यका लागि राजनीतिक तहमा संवाद सुरु भएको छ : प्रधानमन्त्री प्रचण्ड

    संसद्‌को अवरोध अन्त्यका लागि राजनीतिक तहमा संवाद सुरु भएको छ : प्रधानमन्त्री प्रचण्ड

    अनलाइन नेपाल
  • बिहिबार, २९ चैत्र २०८०
  • 369
    SHARES

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रतिनिधिसभाको अवरोध अन्त्यका लागि राजनीतिक तहमा संवाद सुरु भएको बताएका छन् ।

    विराटनगर पुगेका प्रधानमन्त्री प्रचण्डले प्रतिनिधिसभामा देखिएको गत्यावरोध अन्त्य गर्न राजनीतिक तहमा संवाद शुरू भएको बताएका हुन् ।



    प्रधानमन्त्री प्रचण्डले पछिल्लो गतिरोधको समाधान राजनीतिक संवादबाटै समाधान हुने बताए । त्यसका लागि राजनीतिक तहमा संवाद थालिएको उनको भनाइ थियो ।



    प्रधानमन्त्री प्रचण्डले सहकारीसँग सम्बन्धित समग्र विषय अलग र राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष एवं गृहमन्त्री रवि लामिछाने विषय अलगै अध्ययन गरेर समस्याको समाधान गर्न सकिने विश्वास व्यक्त गरे ।

    प्रतिपक्ष दलले सहकारी क्षेत्रमा देखिएको समस्या समाधान गर्नेभन्दा पनि गठबन्धन फेरिएपछि राजनीतिक मुद्दा बनाइएको उनले बताए ।

    प्रधानमन्त्री प्रचण्डले पछिल्लो गतिरोधको समाधान राजनीतिक संवादबाटै समाधान हुने र त्यसका लागि राजनीतिक तहमा संवाद थालिएको बताए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार