Online Nepal
  • आइतबार, २० असोज २०८१
  • गठबन्धन फुटाउन कांग्रेसले रविमाथि छानबिनको कुरा उठायो : प्रधानमन्त्री प्रचण्ड

    गठबन्धन फुटाउन कांग्रेसले रविमाथि छानबिनको कुरा उठायो : प्रधानमन्त्री प्रचण्ड

    अनलाइन नेपाल
  • बिहिबार, २९ चैत्र २०८०
  • 480
    SHARES

    विराटनगर । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नयाँ समीकरण फुटाउन नेपाली कांग्रेसले गृहमन्त्री रवि लामिछानेमाथि छानबिनको कुरा उठाएको आरोप लगाएका छन् ।

    आज विराटनगर पुगेका प्रधानमन्त्री प्रचण्डले यस्तो बताएका हुन् । उनले समीकरण फुटाउन कांग्रेसले लामिछानेमाथि छानबिनको कुरा उठाएको आरोप लगाए ।



    नयाँ समीकरण बन्नुभन्दा अगाडिदेखि नै सहकारीको विषय उठे पनि अहिले आएर मात्रै कांग्रेसले कुरा उचालेको प्रधानमन्त्री प्रचण्डको भनाई छ ।  प्रधानमन्त्री प्रचण्डले भने,’पहिला कांग्रेससँग गठबन्धन हुँदा नै यो कुरा आएको थियो ।



    नयाँ समीकरण फेरिएपछि कांग्रेसले पहिलो कोसिस रविलाई प्रधानमन्त्री बनाउन गरेको हो । त्यो सफल नभएपछि अहिले छानबिनको प्रश्न उठायो ।’

    नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान विभागले रविविरुद्ध कुनै प्रमाण नभएको बताइरहेको उनले दोहोर्‍याए । यसअघि संसद्मा पनि उनले रवि निर्दोष रहेको दाबी गरेका थिए । समग्र सहकारीको र रविको विषयमा अलग गरेर छलफल गरे समस्या समाधान हुन सक्ने उनको भनाइ छ ।

    संसद्को गतिरोध अन्त्य गर्न छलफल भइरहेको प्रचण्डले बताए । कांग्रेसले सहकारी प्रकरणमा मुछिएका गृहमन्त्री लामिछानेमाथि संसदीय छानबिनको माग गर्दै आएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार