Online Nepal
  • आइतबार, ७ पुष २०८१
  • त्रिपालमुनि रात कटाउँदै आगलागी पीडित

    त्रिपालमुनि रात कटाउँदै आगलागी पीडित

    अनलाइन नेपाल
  • बुधबार, २८ चैत्र २०८०
  • 714
    SHARES

    फाइल तस्विर

    कटारी । उदयपुरको कटारी नगरपालिका-१०, थुम्की गाउँका दुईघर आगलागी पीडित परिवार तीन दिनदेखि त्रिपालमुनि रात कटाउँदै आएका छन् । सोमबार दिउँसो आगलागीबाट घरगोठ जलेर नष्ट भएपछि ७४ वर्षीय गुमानसिंह थापा मगर र ७२ वर्षीय नारायणबहादुर थापा मगर परिवारको बिचल्ली भएको हो ।

    आगलागीले घरविहीन भएपछि कटारी नगरपालिकाले मङ्गलबार त्रिपाल पठाएको थियो । “अहिले उहाँहरु त्यही त्रिपालमुनि रात कटाइरहनुभएको छ”, स्थानीय ककनी टोल विकास संस्थाका सचिव धर्म खनालले भने,“हावाहुरी आयो र पानी पर्‍यो भने विचल्ली हुने अवस्था छ ।”



    अर्का बेचन थापा मगरको भने मतान जलेको थियो । उनको मतानमा रहेको सरसामानसँगै १८ वटा खसीबाख्रा मरेका थिए । आगलागीबाट अन्नपात, नगद, भाँडाकुँडा, लत्ताकपडा गरी झण्डै रु ६५ लाख बराबरको क्षति भएको इलाका प्रहरी कार्यालय कटारीका प्रमुख प्रहरी नायब उपरीक्षक सुभाष राईले बताए ।



    आगलागीबाट ठूलो क्षति भएको र उनीहरुको अवस्था दयनीय भएको कटारी(१० का वडाध्यक्ष क्षेत्रबहादुर खड्काले बताए । आर्थिक अवस्था कमजोर भएकाले आगलागी पीडितलाई त्रिपालको व्यवस्था गरिएको उनले जानकारी दिए ।

    स्थानीयवासीका अनुसार लत्ताकपडा र दैनिक उपभोग्य वस्तु विभिन्न संस्थाले सहयोग गरेका छन् । पीडित परिवारमा वृद्धवृद्धा भएकाले त्रिपालमुनिको बास कष्टप्रद बनेको छ ।

    आगलागीमा परी घाइते भएका स्थानीय शङ्कर भुजेल उपचारपछि घर फर्किएका छन् । आगोले उनको आँखामा चोट लागेको थियो । घटनास्थल उदयपुरको पश्चिम-उत्तर भेगमा पर्छ । रासस

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार