काठमाडौं । गृहमन्त्री रवि लामिछानेले प्रतिनिधि सभाको बैठकमा प्रस्तुत गर्ने तय भएको विषय कार्यसूचीबाट हटेको छ ।
बुधबारको बैठकमा गृहमन्त्री लामिछानेले प्रतिनिधिसभामा राजनीतिक दलसम्बन्धी विधेयकमाथि बिचार गरियोस् भन्ने प्रस्तव प्रस्तुत गर्ने कार्यसूची हटाइएको हो।
यही चैत २ गते गृहमन्त्रीले प्रतिनिधि सभामा राजनीतिक दल सम्बन्धी विधेयकमाथि बिचार गरियोस् भन्ने प्रस्तव प्रस्तुत गर्ने कार्यसूची थियो ।
उक्त कार्यसूचीमा देवराज घिमिरे अगाडि बढेपछि चैत २ गतेको बैठकमा कांग्रेसका सांसदहरुले वेल घेराउ गर्द नाराबाजी गरेका थिए ।
त्यसपछि स्थगित भएको प्रतिनिधि सभाको बैठकमा यो कार्यसूची राखिएको थिएन ।
चैत २७ गते मंगलबार फेरि गृहमन्त्रीले प्रतिनिधि सभामा राजनीतिक दलसम्बन्धी विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्तव प्रस्तुत गर्ने कार्यसूची तय भएको थियो ।
तर, मंगलबार पनि प्रतिनिधि सभाको बैठक कार्यसूचीमा प्रवेश नै गर्न सकेन ।
Leave a Reply