Online Nepal
  • आइतबार, ९ मंसिर २०८१
  • कांग्रेसको अडानपछि बालुवाटार बैठक निष्कर्षविहीन

    कांग्रेसको अडानपछि बालुवाटार बैठक निष्कर्षविहीन

    अनलाइन नेपाल
  • मंगलबार, २७ चैत्र २०८०
  • 510
    SHARES

    काठमाडौं । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेमाथि कांग्रेसले संसदीय छानबिनको अडान कायम राखेपछि बालुवाटारमा बसेको बैठक दलहरूको बैठक निष्कर्षविहीन भएको छ ।

    मंगलवार बस्ने प्रतिनिधि सभाको बैठकअघि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सभामुख देवराज घिमिरेसहितको बैठक राखेका थिए ।



    कांग्रेसले आफ्नो अडान कायमै राखेपछि बैठक विनानिष्कर्ष सकिएको हो ।



    सदनको अवरोध खुलाउने उपायबारे छलफल गर्न नेपाली कांग्रेसका महामन्त्री गगन थापा र नेता कृष्णप्रसाद सिटौला बालुवाटार पुगेका थिए ।

    बैठकमा एमाले अध्यक्ष केपी शर्मा ओली, रास्वपा सभापति तथा गृहमन्त्री रवि लामिछानेलगायतका शीर्ष नेता पनि छलफलमा थिए ।

    तर, कुनै सहमति बन्न सकेन । बैठकमा कांग्रेसले गृहमन्त्री लामिछानेमाथि सहकारी प्रकरणमा छानबिन गर्न संसदीय समिति गठन गर्नैपर्ने अडान दोहोर्‍याएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार