Online Nepal
  • शनिबार, १० कार्तिक २०८१
  • चेकिङकै समयमा १६ लाख फाल्नेलाई समात्न सकेन प्रहरीले

    चेकिङकै समयमा १६ लाख फाल्नेलाई समात्न सकेन प्रहरीले

    अनलाइन नेपाल
  • शनिबार, ६ भाद्र २०७७
  • 3.4K
    SHARES

    बारा । शनिबार दिउसो प्रहरीले स्रोत नखुलेको १६ लाख नेपाली रकम बरामद गरेको भन्ने खबर एकाएक मिडियामा छायो ।

    समाचारमा प्रहरीले बारा जिल्लाको महागढीमाई नगरपालिका–७ बेनौली गाउँको सडकबाट स्रोत नखुलेको १६ लाख नेपाली रकम बरामद गरेको उल्लेख गरिएको थियो ।



    तर, उक्त रकम प्रहरीले खोजी गरेर बरामद गरेको नभई एक व्यक्तिले प्रहरीको टोली देखेर झोलासहित १६ लाख रकम फालेर भागेपछि प्रहरीले बरामद गरेको थियो ।



    मोटरसाइक चलाउँदै आएका एक जनाले रकम फालेर भागेका थिए ।

    बारा प्रहरीका अनुसार आज बिहान करिव ८ बजेतिर बाराको महागढी नगरपालिका–७ स्थित सडकमा प्रहरी चेकजाँचका क्रममा एक व्यक्तिले सो रकम फालेर भागेका हुन् ।

    प्रहरी चौकी तेलकुवा बाराबाट खटिएको प्रहरी टोलीले चेकजाँच गर्ने क्रममा नम्बर नखुलेको मोटरसाइकलमा आएका ती व्यक्तिले आफूासँग भएको रातो झोला फालेर भागेको र उक्त झोलामा १६ लाख रुपैयाँ रहेको जिल्ला प्रहरी कार्यालय बाराका डीएसपी गौतम मिश्रले जानकारी दिएका छन् ।

    उक्त झोलामा नेपाली हजार रुपैयाँ दरका ७६१ थान ५०० दरका १ हजार ६७६ थान गरी १६ लाख रुपैयाँ रहेको उनले जनाकारी दिए ।

    भाग्ने व्यक्तिको खोजी भइरहेको बताउँदै डिएसपी मिश्रले उक्त रकम हुन्डीको हुन सक्ने प्रहरीको अनुमान रहेको पनि बताए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार