काठमाडौं । अभिनेत्री पूजा शर्मा अस्पतालमा भर्ना भएकी छन् ।
एपेन्डिक्सका कारण पूजा मेडिसिटी अस्पताल भर्ना भएकी हुन् । उनको एपेन्डिक्सको शल्यक्रिया सफल भएको छ ।
जसको जानकारी उनले सामाजिक सञ्जालबाट दिएकी छन् ।
आफ्नो स्वास्थ्यमा छिटो सुधार भएको भन्दै उनले डाक्टरहरूलाई धन्यवाद पनि दिएकी छन् ।
डाक्टरको सल्लाहअनुसार आफूले आराम गरिरहेको उनले बताएकी छन् ।
Leave a Reply